बालकृष्ण खाँणको मुद्दामा न्यायाधीशको मत बाझियो, तत्काल नछुट्ने

भक्तपुर न्यूज

१५ मंसिर २०८० १०:४८

बालकृष्ण खाँणको मुद्दामा न्यायाधीशको मत बाझियो, तत्काल नछुट्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण तत्काल नछुट्ने भएका छन्। शुक्रबार उच्च अदातल, पाटनका न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलको राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्ने आदेश दिएका थिए।

उनको आदेशसँग अर्का न्यायाधीश खरेलको राय बाझिएको हो। न्यायाधीश खरेलले जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेका हुन्। यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

दुवै न्यायाधीशको आदेश बाझिएपछि अर्को इजलासमा पेश गर्न आदेश भएको छ। अब खाँण रिट निवेदनमाथि अर्को इजलासमा सुनुवाइ हुनेछ।

प्रकाशित मितिः २०८० मंसिर १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय