कहिले बन्छन्, भक्तपुरका दमकल
कमल न्यौपाने । भक्तपुर, २५ असार । भक्तपुरमा रहेका ६ वटा दमकलमध्ये अधिकांश दमकलहरु अहिले जीर्ण अबस्थामा रहेका छन् । दमकल बिग्रिएको लामो समय भैसक्दा पनि कार्यालयले यी दमकलको मर्मत सम्भारमा कार्यालय उदासिन रहदा दमकल जीर्ण बन्दै गएका हुन् । आगलागीका घटना अत्यधिक हुने मौसम सुरु भएपछि आगो निभाउन तयारी अवस्थामा रहनुपर्ने भक्तपुरका दमकल लामो समयदेखि जीर्ण अबस्थामै थन्किएको पाईएको छ । अहिले भक्तपुरमा २ वटा मात्रै दमकल चालु अस्थामा रहेका छन भने ४ वटा कामै नलाग्ने गरी बिग्रिएको जुद्धबारुण यन्त्र कायाृलयले जनाएको छ ।
भक्तपुर जिल्लादेखि काभ्रेका विभिन्न स्थान, सिन्धुपाल्चोक र दोलखासम्म आगो निभाउने दायित्व बोकेका यहाँका दमकल बिग्रिएर थन्किएपछि वारुणयन्त्रका कर्मचारीलाई यतिखेर निल्नु न ओकल्नु झै भएको छ । विसं २००१ मा ल्याइएका ५ वटा दमकल र एउटा पानी बोक्ने सहयोगी दमकलमध्ये अहिले एउटा आगो निभाउने र एउटा पानी बोक्ने दमकल मात्र चालु अवस्थामा रहेको जुद्ध बारुणयन्त्र कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले बताएको छ ।
विसं २००१ मा अमेरिकाबाट ल्याइएको मोडेस, २०२२ डेनिस दमकल र २०३२ सालमा ल्याइएको बेलायती म्याग्रिस दमकल वर्षौदेखि बिग्रिएर थन्किएका छन् । बेलायती म्याग्रिस बन्नसक्ने अवस्थामा रहे पनि मर्मतका लागि ६ लाख रुपैया भन्दा बढी खर्च लाग्ने भएको तर बजेट अभावका कारण त्यसो गर्न नसकिएको उनले बताए । डज र डेनिस दमकल भने नबन्ने अवस्थामा पुगेका छन् ।
म्याग्रिस दमकल साढे तीन वर्षघिदेखि ब्र्रिेर थन्किएको छ भने मोडेस २०४८ सालदेखि र डेनिस भने २०५० सालदेखि थन्किएका छन् । दरबन्दीअनुसारका कर्मचारी नभएर पनि आपतकालीन अवस्थामा आगो निभाउन जानुपर्दा समस्या आउने गरेको दमकल कर्मचारीहरु बताउँछन् । ३२ जना दरबन्दी रहेको कार्यालयमा ११ जना मात्रै कर्मचारी रहेका छन् । बलतल चालु अवस्थामा रहेको एउटा दमकल भए पनि कतिखेर थन्किने हो ठेगान नभएको बताईएको छ ।
अग्नि नियन्त्रणका लागि दमकल र जनशक्ती मात्र होइन तालिम अभावका कारण ज्यानको जोखिम मोल्नुपरेको अग्नि नियन्त्रकहरुको गुनासो छ । पेट्रोल पम्प, औद्योगिक क्षेत्र, काठको घर, ग्यास भण्डारण क्षेत्र, विद्युत् र विभिन्न रङ्ग उत्पादन कम्पनी तथा रङ्ग लगाइएका घरमा आगो लाग्दा निभाउने समयानुकूल तालिम नहुँदा ज्यान जोखिममा पर्ने गरेको हो । काठ र माटोको घरलाई पानीले आगो निभाउने भए पनि ग्यास, पेट्रोल, रङ्गजस्ता ठाउँमा आगो निभाउन आधुनिक प्रविधि एवम् रसायन नहँुदा जुटको बोरा तथा मन्डी भिजाएर आगो निभाउनुपर्ने बाध्यता रहेको छ ।
१९९४ सालमा दिएको तालिमको भरमा काम गर्नु परेको गुनासो गर्दै कर्मचारीहरू आगो निभाउन जाँदा प्रयोग गरिने हेलमेट, फायर प्र्रुफ ज्याकेट, जुत्ता र अन्य सामानहरू पञ्जा नहँुदा कतिखेर के हुने हो डरै डरमा काम गर्नु बाध्यता रहेको बताउँछन् । सरकारले २०६६ साउनमा दमकलको जिम्मेवारी स्थानीय निकायलाई दिने निणृय गरेपछि ललितपुर र काठमाडौँको दमकल स्थानीय निकायले लिए पनि भक्तपुर नगरपालिकाले भने दमकलको जिम्मेवारी लिन नमानेको बुझिएको छ ।
भक्तपुर जिल्ला प्रशाासन कार्यालयमा पटक पटक बसेको बैठकमा भक्तपुर नगरपालिकाले आवश्यक परे आफै दमकल खरिद गर्ने तर भक्तपुरको दमकल जिम्मा नलिने जनाएपछि अहिले जुद्ध वारुण यन्त्र भक्तपुर कार्यालयमा रहेका सबै दमकल सञ्चालनमा आउन सकेका छैनन् । केही समयअघि भक्तपुरका विभिन्न ठाउँमा आगजनी हुँदा काठमाडौ, ललितपुरदेखि दमकल ल्याएर आगो निभाउनु परेको थियो । आगलागी बढ्दै जान थालेको छ दमकल मर्मतमा कार्यालयको उदासिनता कायमै छ । कहिले बन्छन भक्तपुरका दमकल ? यसको जवाफ नत कार्यालय प्रमुखसँग छ नत स्थानीय नगरपालिकासँग नै । आगो नियन्त्रणका लागि दमकल तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन जरुरी रहेको स्थानीय बताउँछन् ।