प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि पानीको फोहोरा र अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

भक्तपुर न्यूज

७ मंसिर २०८० ९:१३

प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि पानीको फोहोरा र अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त

काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शनरत दूर्गा प्रसाई समूहका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो ।

ढुङ्गा–मुडा सुरु भएपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेर उत्तेजित भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै भीडलाई उत्तेजित पारेको प्रहरीको भनाइ रहेको छ । त्यसपछि भीडमा सहभागीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेको थियो ।

प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ।उपत्यकाका विभिन्न ठाउँबाट र्‍याली निकालेर प्रसाई नेतृत्वको समूहका कार्यकर्ताहरु बल्खु पुगेका थिए।

प्रकाशित मितिः २०८० मंसिर ०७ बिहिबार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय