टिकटकलाई रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा सात रिट
काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात वटा रिट पुगिसकेको जानकारी दिए । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको उनले बताए ।
गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीलगायत शुक्रबार रिट लिएर सर्वोच्च पुगेको हो ।
प्रकाशित मितिः २०८० मंसिर ०१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
