पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित, इमर्जेन्सी बाहेकका सेवाहरू ठप्प
काठमाडौं । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन्। गलत औषधिका कारण बिरामीको मृत्यु भएको आरोप लगाएर मृतकका आफन्तहरूले कुटपिट गरेको भन्दै उनीहरूले इमर्जेन्सी बाहेकका सेवाहरू ठप्प गरेका हुन्।
१८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न व्यक्तिबाट कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की समेत दिएर बन्धक बनाएको उनीहरूको आरोप छ। यस्ता अमानवीय गतिविधि भएको दुई दिन बित्दा पनि दोषीलाई कारबाही नभएको भन्दै चिकित्सक आन्दोलित बनेका हुन्।
प्रकाशित मितिः २०८० कार्तिक २१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
