भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो, ७ जना घाइतेलाई काठमाडौं ल्याइयो

भक्तपुर न्यूज

१८ कार्तिक २०८० ११:३१

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो, ७ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाडौं ल्याइएको छ । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

WhatsApp Image 2023-11-04 at 16.52.26_e8ca5e49

प्रकाशित मितिः २०८० कार्तिक १८ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय