गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा

भक्तपुर न्यूज

१२ कार्तिक २०८० ५:५६

गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा

काठमाडौं । इजरायल र हमासबीच सुरु भएको युद्ध रोकिएको छैन । इजरायलले गाजा पट्टीमा लगातार आक्रमण गरिरहेको छ । हवाई आक्रमणसँगै इजरायली सेनाले जमिनमा आक्रमण पनि सुरु गरेको छ ।

यससँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, शुक्रबार राति गाजामा थप जमिन सेनाको प्रवेशसँगै हमासविरुद्धको दोस्रो चरणको युद्ध सुरु भएको छ। उनले शनिबार यस्तो बयान दिएका हुन् । नेतान्याहुले भने, ‘हमासविरुद्धको दोस्रो चरणको युद्ध सुरु भएको छ । हाम्रो लक्ष्य भनेको हत्यारा शत्रुलाई परास्त गर्नु र हाम्रो भूमिमा हाम्रो अस्तित्व पुनः प्राप्त गर्नु हो।’

उनको बयान इजरायली रक्षा प्रमुखहरूको बयान पछि आएको हो जसमा उनीहरूले भनेका थिए, ‘हाम्रो सेनाले हाल गाजा स्ट्रिपमा ग्राउन्ड अपरेशन गरिरहेको छ। यो अपरेशनले युद्धका सबै उद्देश्यहरू हासिल गर्ने लक्ष्य राखेको छ।’ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई युद्धको आरोप लगाउँदै हमासले सर्वसाधारणलाई आफ्नो ढालको रूपमा प्रयोग गरिरहेको बताए। यति मात्र होइन, अस्पतालहरूलाई आतङ्कवादी मुख्यालय बनाएर आफ्नो स्रोतसाधन युद्धमा प्रयोग गरिरहेको उनले आरोप लगाए । उनले थप भने, ‘हामी युद्ध मात्र होइन मानवताका लागि बर्बरविरुद्ध लडिरहेका छौं ।’

प्रकाशित मितिः २०८० कार्तिक १२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय