अब सार्वजनिक विद्यालयका कर्मचारीको नियुक्ति स्थानीय तहले गर्ने

भक्तपुर न्यूज

२७ भदौ २०८० १०:२४

अब सार्वजनिक विद्यालयका कर्मचारीको नियुक्ति स्थानीय तहले गर्ने

काठमाडौं । सार्वजनिक विद्यालयका कर्मचारीको नियुक्ति अब स्थानीय तहले गर्ने गरी सरकारले कानून प्रस्ताव गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

‘सार्वजनिक विद्यालयमा राष्ट्रिय मापदण्डमा निर्धारण भएबमोजिम विद्यालय कर्मचारीको दरबन्दी रहने, आयोगबाट सिफारिस भएका विद्यालय कर्मचारीको नियुक्ति स्थानीय तहले गर्ने तथा विद्यालय कर्मचारीको पारिश्रमिक, सेवा , शर्त र सुविधासम्बन्धी व्यवस्था स्थानीय तहको कानूनबमोजिम हुने व्यवस्था गरिएको छ,’ प्रस्तावित विधेयकमा उल्लेख छ ।

प्रकाशित मितिः २०८० भदौ २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय