उत्तराखण्डमा पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएको अनुमान
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएको अनुमान गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा सुरु हुने स्थान नजिकै गएको पहिरोमा परी सोही स्थानमा होटल चलाएर बसेका जुम्लाका एकै परिवारका सात जना, रोजगारीका लागि गएका जुम्लाकै अन्य चार जना र कालिकोटका पाँच जना बेपत्ता भएको अनुमान गरिएको छ ।
पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ। त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२