प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

भक्तपुर न्यूज

१३ असार २०८० ११:०६

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गरेका थिए।

सभामुख घिमिरले ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने ध्वनिमतका आधारमा घोषणा गरेका थिए, “हुन्छ भन्ने पक्षका माननीय सांसदको बहुमत देखिएकाले विनियोजन विधेयक, २०८० बहुमतले पारित भएको घोषणा गर्दछु।”

तर, त्यसमा नेकपा (एमाले)का सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गरेका थिए। उनी लगायत एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेका थिए।

त्यसपछि मत विभाजन गरिएको हो। बजेट पारित गरियोस् भन्ने पक्षमा बहुमत पुगेपछि सभामुख घिमिरले आगामी आर्थिक वर्षको बजेट पारित भएको घोषणा गरेका हुन्।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत दिए। प्रतिनिधि सभाको आजको बैठकमा २५५ सांसद उपस्थित थिए।

प्रकाशित मितिः २०८० असार १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय