पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

१९ जेठ २०८० ९:५९

पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५७ हजार ३७२ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ६ सय ६७ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ सय १७ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा र ४ सय ५० एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १९ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । आज थप ५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९१ हजार २७७ पुगेको छ ।

प्रकाशित मितिः २०८० जेठ १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय