पछिल्लो २४ घन्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

२८ वैशाख २०८० ११:१६

पछिल्लो २४ घन्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५७ हजार ५१ पुगेको छ ।

विभिन्न प्रयोगशालामा १६ सय ३० जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय २० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा र ८१० एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १२० जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । आज थप ३१ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९१ हजार ३३ पुगेको छ ।

प्रकाशित मितिः २०८० बैशाख २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय