तनहुँ मतगणना अपडेटः डा. स्वर्णिम वाग्ले ५७ सय बढी मतान्तरले अगाडी

भक्तपुर न्यूज

११ वैशाख २०८० ८:१२

तनहुँ मतगणना अपडेटः डा. स्वर्णिम वाग्ले ५७ सय बढी मतान्तरले अगाडी

तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले ५७ सय भन्दा बढी मतान्तरले अग्रता लिएको छ ।

आइतबार राति ११:४५ बजेदेखि सुरु भएको मतगणना दिउँसो पौने दुइ बजेसम्मको नतिजाअनुसार उनले झण्डै ५७ सय बढीको मतान्तरले अग्रता लिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार डा वाग्लेले १३ हजार ७ सय ४९ प्राप्त गरेको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३६ मत प्राप्त गरेको छ भने नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ३ सय ९४ मत प्राप्त गरेको छ ।

प्रकाशित मितिः २०८० बैशाख ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय