एमाले सांसद पन्तले संसद्‌मा सुनाए ‘प्रधानमन्त्री हराएको सूचना’

भक्तपुर न्यूज

३ वैशाख २०८० ९:५५

एमाले सांसद पन्तले संसद्‌मा सुनाए ‘प्रधानमन्त्री हराएको सूचना’

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो सुचना सनाएका हुन्।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड संसदमा नआएकोमा व्यङ्ग्य गरेको हो । उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरे जसरी प्रधानमन्त्री हराएको भन्दै कसैले भेटेमा संसद् भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन् । प्रधानमन्त्री संसदमा आउनै छाडेकाले यो सूचना जारी गर्नुपरेको पन्तको भनाइ थियो ।

उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरे। उनले भने, ‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । हुलिया पहिले पहिले कोट पेन्ट लगाउने गरे पनि अहिले दाैरासुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेकोजस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर अहिले संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला । उहाँ अन्तिम पटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय