आजको मौसम : पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

भक्तपुर न्यूज

३ वैशाख २०८० ८:१७

आजको मौसम : पहाडी भेगमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगमा वर्षा र तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

आइतबार बिहान बागमती र गण्डकी प्रदेशको मौसम सफा छैन। दिउँसो र राति कोशी प्रदेशको पहाडी भूभाग र बाँकी प्रदेशको पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ।

सोमबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहे पनि बाँकी प्रदेशको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय