देशभर बनिरहेका हाेटल, भवन र अपार्टमेन्टहरूकाे वैधानिकता तत्काल खाेजी गरियाेस् : सांसद कार्की

भक्तपुर न्यूज

२९ चैत २०७९ १०:२६

देशभर बनिरहेका हाेटल, भवन र अपार्टमेन्टहरूकाे वैधानिकता तत्काल खाेजी गरियाेस् : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरूको वैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन्।

सांसद कार्कीले त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरिन्। उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भासिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराइन्।

‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाइरहँदा बिनानक्सा पास, बिनाइआईए, बिनास्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरू पूर्ण रुपमा क्षति भएका छन्। भासिने, चर्कने क्रम जारी छ। स्थानीयहरूले पटकपटक उजुरी दिएपनि काम नरोकिएको गुनासो गरेका छन’, उनले भनिन्।

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिइन्।

प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय