रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्नेछ : सांसद परियार

भक्तपुर न्यूज

२१ चैत २०७९ ४:४९

रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्नेछ : सांसद परियार

 

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलले तीनवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद परियारले विगतको आमनिर्वाचनमा झैं चितवन, तनहुँ र बारा जिल्लाका मतदाताले रास्वपाका उम्मेदवाररूलाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।

उनले भने, रास्वपाले गत आमनिर्वाचनमा जनतासमक्ष वाचा गरेका कुराहरूलाई नबिर्सेको र रास्वपा आफ्नो पूर्ववर्ती अडान र अजेन्डामा अडिग रहेकाले नेपाली जनताले स्वाभाविक रूपमा माया र स्नेह गर्ने आशा गरेका छा ।

सांसद परियारले चितवन, तनहुँ र बारामा रास्वपाका तर्फबाट प्रत्याशी भएका सबै उम्मेदवार सक्षम र सबल रहेको चर्चा गर्दै उनीहरूलाई जनताले आफ्नो सेवकको रूपमा चुन्ने अटल विश्वास व्यक्त गरे ।

उनले रास्वपा मुलुकको समग्र विकास र जनताको हित विपरीत कहिल्यै विचलित नहुनेमा जोड दिए ।

उनले दशकौंदेखि शासन गरेका पार्टीहरूले मात्रै मुलुकमा विकास गर्न सक्छ भन्ने भ्रम रहेकोमा त्यो पूर्ण सत्य होइन हैं भन्ने मंसिरको निर्वाचनको परिणामले देखाएको उल्लेख गरे ।

सांसद परियारले रास्वपाले मुलुकमा राजनीतिक अस्थिरता र आर्थिक द्रावस्था नआवस भन्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली जनताको भावनाअनुसार नै काम गरेको ठोकुवासमेत गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय