सांसद र मन्त्रीका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाउन ज्ञानेन्द्र शाहीको आग्रह

भक्तपुर न्यूज

१२ चैत २०७९ ९:२२

सांसद र मन्त्रीका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाउन ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय खेलाडीहरुको तलब वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सांसद एवं मन्त्रीहरुको स्वकीय सचिवको भन्दा खेलाडीको तलब कम भएको बताउँदै स्वकीयहरुको तलब कटौती गरेर खेलाडीहरुको तलब वृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले भने – ‘मन्त्रीज्यूका स्वकीय सचिवका भन्दा कम तलबमा राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन् । हामी सबै सांसद एवं मन्त्रीहरुका स्वकीयका तलब कटौती गरेर भएपनि खेलाडीहरुको तलबमा वृद्धि गरियोस् । रंगशाला निर्माण गरियोस् । बजेट अगाडि बढाइयोस् ।’

यस्तै सांसद शाहीले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सुजल श्रेष्ठ लगायत खेलाडी अष्ट्रेलिया पलायन भएकोमा चिन्ता समेत व्यक्त गरे ।

प्रकाशित मितिः २०७९ चैत्र १२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय