प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको वार्षिक प्रतिवेदन

भक्तपुर न्यूज

२१ फागुन २०७९ ११:३५

प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन बुझाएका छन्।  प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति कार्यालय शितल निवास पुगेर उक्त प्रतिवेदन बुझाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

प्रकाशित मितिः २०७९ फागुन २१ आइतबार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय