राष्ट्रपति कांग्रेसकै नेता हुने प्रकाशमान सिंहको दाबी

भक्तपुर न्यूज

५ फागुन २०७९ ८:३७

राष्ट्रपति कांग्रेसकै नेता हुने प्रकाशमान सिंहको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्।

उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूको दाबी स्वभाविक रहेको तर्क गरे। नेता सिंहले भने,‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ।’

पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेको छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ।

कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाई थियो।

उनले संघीय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि उल्लेख गरे। नेपाल जेसिस को प्रसिक्षण भेला आज र भोलि दुई दिन सम्म काठमाडौमा चल्नेछ। भेलामा देस भरका जेसिस अभियानता हरुको सभागिता रहेको छ।

प्रकाशित मितिः २०७९ फागुन ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय