हामी कुनै पनि देशलाई नेपाली भूमिमा सैन्य गतिविधि गर्न दिंदैनाैंः केपी ओली

भक्तपुर न्यूज

६ माघ २०७९ ९:३९

हामी कुनै पनि देशलाई नेपाली भूमिमा सैन्य गतिविधि गर्न दिंदैनाैंः केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएको छ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागले काठमाडौंमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष ओलीले देशको अहित हुने, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि देशमा हुन दिन नहुने बताए ।

उनले दुई छिमेकी देश भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्याए । अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउन चाहेको समेत बताएका छन् ।

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले त्यही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताए । अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमेकीसँगको सम्बन्धलाई तनावग्रस्त बनाएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मितिः २०७९ माघ ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय