६८ जना यात्रु सवार यती एयरलाइन्सको विमान दुर्घटना, एक शिशुसहित २९ जनाको शव फेला

भक्तपुर न्यूज

१ माघ २०७९ ९:१९

६८ जना यात्रु सवार यती एयरलाइन्सको विमान दुर्घटना, एक शिशुसहित २९ जनाको शव फेला

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। नागरिक उड्डायन प्राधिकरणका अनुसार अहिलेसम्म २९ जनाको मृत्यु भएको जानकारी दिएको छ। जसमा १० महिला, १८ जना पुरुष र एक जना शिशु रहेका छन्।

विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा उडेको थियो। ५३ जना नेपाली र बाँकी विदेशीसहित ७२ जना मानिस भएको विमानले दुर्घटना अगाडि अवतरणको लागि विमानस्थलसँग अनुमति पनि लिएको थियो। नागरिक उड्यान प्राधिकरणका अनुसार विमानले १० बजेर ५० मिनेटमा सेती खोंचमा विमानले अन्तिमपटक सम्पर्क गरेको थियो। त्यसपछिको समयमा विमान दुर्घटना भएको देखिएको छ।

प्रकाशित मितिः २०७९ माघ ०१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय