पछिल्लो २४ घन्टामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

२१ पुष २०७९ १०:४१

पछिल्लो २४ घन्टामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार २३२ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ३ सय ६ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा र १ एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल २२ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ । आज थप २ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८८ हजार ९७४ पुगेको छ ।

प्रकाशित मितिः २०७९ पुष २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय