विमानस्थलमा मोबाइल जफत गरिएको विषयमा कारबाही अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विमानस्थलमा मोबाइल जफत गरिएको विषयमा आश्वयक कारबाही अघि बढाउन निर्देशन दिएका छन्।
दाहालको सचिवालयले भनेको छ, ‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ।’
यस्तै प्रधानमन्त्री दाहालले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता फुकाउनसमेत निर्देशन दिएका छन्।
प्रकाशित मितिः २०७९ पुष १९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
