मन्त्रालय बाँडफाँटबारे नयाँ गठबन्धन दलहरूकाे बैठक नयाँ बानेश्वरमा जारी

भक्तपुर न्यूज

११ पुष २०७९ ९:११

मन्त्रालय बाँडफाँटबारे नयाँ गठबन्धन दलहरूकाे बैठक नयाँ बानेश्वरमा जारी

काठमाडौं । नयाँ सत्ता गठबन्धन दलहरूकाे बैठक नयाँ बानेश्वरमा जारी छ । बानेश्वरस्थित केहीबेरअघि सुरु भएकाे बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने जनाइएकाे छ।

बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताको सहभागिता छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

हिजाे आइतबार नयाँ प्रधानमन्त्रीकाे रूपमा प्रचण्ड नियुक्त भएका छन् । उनले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रधानमन्त्रीसँगै केही मन्त्रीकाे पनि शपथ गराउने गरी सरकारमा सहभागी दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

प्रकाशित मितिः २०७९ पुष ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय