केन्द्रीय कारागारबाट रिहा भएका शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी

भक्तपुर न्यूज

८ पुष २०७९ ८:३३

केन्द्रीय कारागारबाट रिहा भएका शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ । केन्द्रीय कारागार सुन्धाराबाट मध्याह्न रिहा भएका शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको हो ।

उनी अहिले अध्यागमन विभागमा छन् । थप कागजी प्रक्रियाका लागि उनलाई डिल्लीबजार कारागार पठाउन लागिएको अध्यागमन र सुरक्षा स्रोतले जनाएको छ । कागजी प्रक्रिया नमिलेसम्म उनी उनी डिल्लीबजार कारागारमा रहनेछन् ।

उनको पासपोर्टलगायत कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म डिल्लीबजार कारागारमा रहनेछन् ।

प्रकाशित मितिः २०७९ पुष ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय