अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

भक्तपुर न्यूज

२४ मंसिर २०७९ १:४१

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं। आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ।

नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ। विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगिकार गरेको छ।

सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर दिवस मनाउने गरिन्छ।

प्रकाशित मितिः २०७९ मंसिर २४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय