तीन महिनामा ३ अर्ब ४० करोड बराबरको मकै आयात
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ३ अर्ब ४० करोड बराबरको मकै आयात भएको छ । गत आर्थिक वर्षको सोही अबधिमा ५ अर्ब ६४ करोड बराबरको मकै आयात भएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिलाई विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्षको सोही अवधिमा मकै आयातमा गिरावट आएको छ ।
भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो ।
विभागका अनुसार गत वर्ष असोजसम्म ५ अर्ब ६४ करोड ४४ लाख ९९ हजार रुपैयाँको मकै आयात भएको थियो ।
भन्सार विभागकाअनुसार नेपालमा ३ महिनामा ८ करोड २१ लाख १३ हजार किलो मकै आयात भएको छ । गत वर्ष यसै अवधिमा मकैको आयात परिमाण १६ करोड १८ लाख किलो थियो ।
चालु आवमा ११ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ लाख ४४ हजार किलो मकैको बिउ आयात भएको छ भने ३ अर्ब २८ करोड ४९ लाख ७२ हजार रुपैयाँको ८ करोड १७ लाख किलो अन्य प्रकारका मकै नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक १५ मंगलबार
