पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

११ कार्तिक २०७९ ११:१२

पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५२ हजार ६८२ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ९ सय २४ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १२ र ४ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ०४ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ६ सय ५ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ । आज थप २९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८७ हजार ९१४ पुगेको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय