सवा लाख म्यादीसहित ३ लाख सुरक्षाकर्मी परिचालन हुने

भक्तपुर न्यूज

२४ असोज २०७९ २:३८

सवा लाख म्यादीसहित ३ लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । मंसिर चारमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि करिब ३ लाख सुरक्षाकर्मी खटिने भएका छन् । निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको हो ।

गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् । मन्त्रालयका अनुसार आगामी ४ मंसिरमा हुन गइरहेको संसदीय निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् ।

निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्रहरीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन् । आइतबार उमेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभाजकारी बनाउनका लागि निर्देशन दिएको छ । सुरक्षासँगै विभिन्न दलको प्रचार कार्यक्रम नजुध्ने गरी स्थान व्यवस्था गर्न पनि प्रमुख जिल्ला अधिकारीले निर्देशन पाएका छन् ।

प्रकाशित मितिः २०७९ असोज २४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय