पछिल्लो २४ घन्टामा थप २ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

२३ भदौ २०७९ १०:३६

पछिल्लो २४ घन्टामा थप २ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ४९ हजार ७५३ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ४ हजार ४०१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३७ र २ हजार ८८३ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल २ हजार ४७३ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १० पुगेको छ । आज थप १६८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.६ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८३ हजार ९४९ पुगेको छ ।

प्रकाशित मितिः २०७९ भदौ २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय