भक्तपुरमा १ सहित काठमाडौं उपत्यकामा थपिए १ सय १८ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

२१ भदौ २०७९ १०:५८

भक्तपुरमा १ सहित काठमाडौं उपत्यकामा थपिए १ सय १८ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ९९ जना र ललितपुरमा १८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज १ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ५८२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार ९० जना, भक्तपुरमा ४६ जना र ललितपुर जिल्लामा ४ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ । आज थप १२४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.६ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८३ हजार ७०३ पुगेको छ ।

प्रकाशित मितिः २०७९ भदौ २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय