असन-इन्द्रचोकमा अवैध संरचना हटाउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरितका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौँको असन क्षेत्रका संरचना हटाउन शुरु गरको छ । मंगलबार महानगरको टोली असन पुगेको हो । यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै महानगरको टोली अहिले असन बजारमा पुगेको छ ।
महानगरको वडा नम्बर २५ ले आइतबार इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो । महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान शुरु गरेको थियो ।
प्रकाशित मितिः २०७९ भदौ २१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
