भक्तपुरमा २ सहित काठमाडौं उपत्यकामा थपिए १ सय २८ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

९ भदौ २०७९ १२:२९

भक्तपुरमा २ सहित काठमाडौं उपत्यकामा थपिए १ सय २८ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय २८ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ११२ जना र ललितपुरमा १४ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज २ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ८०८ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २ हजार १०८ जना, भक्तपुरमा ६३ जना र ललितपुर जिल्लामा ६ सय ३७ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९८ पुगेको छ । आज थप ३०७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।४ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८० हजार २४५ पुगेको छ ।

प्रकाशित मितिः २०७९ भदौ ०९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय