समान पदका कर्मचारीको तलब एउटै बनाउन उच्चस्तरीय अध्ययन समिति गठन
काठमाडौं । सरकारले निजामतीसहितका समान पदका कर्मचारीको तलब एउटै बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन । यो समितिले निजामती, प्रहरीलगायतमा एकै पदका कर्मचारीको तलब एउटै बनाउन वा अन्य विकल्पबारे सिफारिस गर्ने बताइएको छ ।
सरकारले चालू आवमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । तर, संसद्लाई छलेर सरकारले अधिकृत, उपसचिव, सहसचिव तथा सचिवको तलब १८ देखि २४ प्रतिशत बढाउन खोजेपछि तल्लो तहका कर्मचारी आन्दोलित भएका थिए । तर, समान पदका निजामती कर्मचारीभन्दा प्रहरीको तलब बढी रहने गरेको भन्दै उपल्लो तहका कर्मचारी असन्तुष्ट व्यक्त गरिरहेका वेला सरकारले समाधानको बाटो खोलेको हो ।
प्रकाशित मितिः २०७९ भदौ ०७ मंगलबार
