पछिल्लो २४ घन्टामा थप ६ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ५ हजार ८४६ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ४ हजार ५६७ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६७ पुगेको छ । आज थप २६९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.३ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ७० हजार ६२ पुगेको छ ।
प्रकाशित मितिः २०७९ साउन १५ आइतबार
