भक्तपुरमा ६ सहित काठमाडौं उपत्यकामा थपिए २ सय ९ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र १६५ जना र ललितपुरमा ३८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज ६ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २ हजार ४० जना, भक्तपुरमा ८४ जना र ललितपुर जिल्लामा ३ सय ८१ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ । आज थप २१८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.४ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।
प्रकाशित मितिः २०७९ साउन १० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
