आज देशभर मौसम बदली रहने
काठमाडौं । आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ।
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
सोमबार पहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी, मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मितिः २०७९ साउन ०८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
