भक्तपुरमा २४ सहित काठमाडौं उपत्यकामा थपिए २ सय ४९ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ४९ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र १७३ जना र ललितपुरमा ५२ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज २४ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ७९२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार ५४९ जना, भक्तपुरमा ८० जना र ललितपुर जिल्लामा २ सय ५३ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ । आज थप ८० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ ।
प्रकाशित मितिः २०७९ साउन ०६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
