पछिल्लो २४ घन्टामा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

६ साउन २०७९ ११:३४

पछिल्लो २४ घन्टामा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख २४ हजार ४३२ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ३ हजार ८३८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८४ र १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल २ हजार ८४१ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ । आज थप ८० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ ।

प्रकाशित मितिः २०७९ साउन ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय