भक्तपुरमा १० सहित काठमाडौं उपत्यकामा थपिए २ सय १८ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १८ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र १६३ जना र ललितपुरमा ४५ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज १० जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ११३ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १०१३ जना, भक्तपुरमा २८ जना र ललितपुर जिल्लामा ९२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ पुगेको छ । आज थप ४८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।६ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ ।
प्रकाशित मितिः २०७९ साउन ०२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
