देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति माल्दिभ्सबाट सिंगापुर उडे

भक्तपुर न्यूज

३० असार २०७९ ९:१६

देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति माल्दिभ्सबाट सिंगापुर उडे

काठमाडौं । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए ।

तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् । एजेन्सी

प्रकाशित मितिः २०७९ असार ३० बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय