चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

भक्तपुर न्यूज

२८ असार २०७९ ५:४५

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज मंगलबार बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । सोही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत समेत सहभागी थियो ।

आइतबार काठमाडौं आइपुगेका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । सोमबार उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । ।

प्रमुख लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी नेपाल भ्रमण टुंग्याउनु छन् ।

प्रकाशित मितिः २०७९ असार २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय