भक्तपुरमा १ सहित काठमाडौं उपत्यकामा थपिए ४७ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४७ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ४१ जना र ललितपुरमा ५ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज १ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २९० जना, भक्तपुरमा ८ जना र ललितपुर जिल्लामा ५४ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप २७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ ।
प्रकाशित मितिः २०७९ असार २४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
