पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ । एलपी ग्यासको भने मूल्य यथावत नै छ ।
भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेपछि आफूहरुले पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
प्रकाशित मितिः २०७९ असार २१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
