मेलम्चीमा बाढीले फट्टेको अस्थायी पुलमा क्षति
काठमाडौं । बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।
मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।
बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।
गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताइएको छ ।
यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।
प्रकाशित मितिः २०७९ असार ११ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
