नागरिकता विधेयक अघि बढाउने निर्णय

भक्तपुर न्यूज

८ असार २०७९ १३:५६

काठमाडौं । नागरिकता विधेयक अघि बढाउने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्ता गठबन्धनका दलहरू यो विधेयक अघि बढाउन सहमत भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ९बुधबार० गठबन्धन दलको बैठक बसेको थियो ।

मन्त्री कार्कीले बाबु र आमा नेपाली नागरिक तर उसका सन्तान नागरिकताविहीन रहेको अवस्थाले समाजमा पीडा दिएको भन्दै त्यसबाट छुटकारा दिनु राज्यको कर्तव्य भएको बताए । उनले नागरिकताको विधेयक अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव गरेको पनि जानकारी दिए ।

२०७५ साउन २२ मा यो विधेयक संसद् सचिवालयमा दर्ता र साउन २८ मा प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो ।।

प्रकाशित मितिः २०७९ असार ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय