काठमाडौंमा थपिए ६ जना कोरोना संक्रमित, भक्तपुर र ललितपुरमा भने शून्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र ६ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १८ जना , भक्तपुरमा ४ जना र ललितपुर जिल्लामा ४ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १६ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २३३ पुगेको छ ।
प्रकाशित मितिः २०७९ जेठ ३१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
