पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

२९ जेठ २०७९ ११:०४

पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख १९ हजार ५६४ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ३ हजार ४५३ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार १६२ जनाको पीसीआर परीक्षण गर्दा ११ र १ हजार २९१ जनाको एन्टिजेन परीक्षण गर्दा ०८ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १०६ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २०४ पुगेको छ ।

प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय