भक्तपुरमा २ सहित काठमाडौं उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र २ जना भक्तपुरमा २ जना र ललिपुरमा एक जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३१ जना , भक्तपुरमा ५ जना र ललितपुर जिल्लामा ४ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप ०८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार १६२ पुगेको छ ।
प्रकाशित मितिः २०७९ जेठ २५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
